• Saturday 25th July 2026

साधना सांस्कृतिक कला केन्द्रको मिस तीज स्कुल कार्यक्रम

साधना सांस्कृतिक कला केन्द्रको मिस तीज स्कुल कार्यक्रम


  • लुम्बिनी रिभ्यू

तिलोत्तमा, रुपन्देही – साधना सांस्कृतिक कला केन्द्र, बुटवलको आयोजनामा ुमिस तीज स्कुल २०८२ सिजन ५ु कार्यक्रम आज तिलोत्तमामा भव्य रुपमा सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथि पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य माननीय भगवती अधिकारी रहनु भएको थियो।

उक्त कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अधिकारीले संस्कार, कला र संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै बालबालिकामा आत्मविश्वास, प्रस्तुति कला तथा नेतृत्व विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा तीजको सांस्कृतिक महत्व, बालिकाहरूको प्रतिभा प्रदर्शन तथा विविध रचनात्मक प्रस्तुतिहरू समावेश गरिएका थिए। २७ वटा विभिन्न विद्यालयहरूबाट सहभागी भएका बालिकाहरूले तीज संस्कृतिसँग सम्बन्धित पहिरन, नृत्य, संवाद तथा प्रस्तुति मार्फत दर्शकको मन जितेका थिए।

कार्यक्रममा निर्णायक मण्डल, अभिभावक, शिक्षक, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। निर्णायक मण्डलले प्रतिभा, प्रस्तुति, आत्मविश्वास, रचनात्मकता लगायतका मापदण्डका आधारमा विजयी छनोट गरेका थिए।

कार्यक्रमका आयोजक साधना सांस्कृतिक कला केन्द्रले हरेक वर्ष झैँ यस वर्ष पनि संस्कारयुक्त, अनुशासित र सिर्जनात्मक प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिस तीज स्कुल’ आयोजना गरेको हो।

कार्यक्रमले बालबालिकामा आफ्नो कला प्रस्तुत गर्ने माध्यम सिर्जना गर्नुका साथै तीज पर्वको मौलिकता झल्काउने प्रयास गरेको आयोजकले बताएका छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend