काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
प्रचण्ड विप्लवको निवासमा पुग्दा नेकपाका नेता–कार्यकर्ताहरु लामबद्ध भएर स्वागत गरेका थिए । प्रचण्ड आज आफैं विप्लवलाई भेट्न हरिसिद्धीस्थित विप्लव निवास पुगेका थिए ।
करिब ५० मिनेट कुराकानी भएकाे थियाे । विप्लव निवासबाट फर्किनुअघि प्रचण्डले नेकपाले गरेको धान खेती अवलोकन गरेका थिए ।
अरु बेला विप्लव भेटघाटका लागि प्रचण्ड निवास पुग्थे । आज भने बिहानै प्रचण्डले विप्लवलाई भेट्ने इच्छा व्यक्त गरेका थिए ।
सो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै दुई पार्टीबीचको एकताबारे समेत छलफल भएको प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।

लुम्बिनी रिभ्यू