अदिपसन ज्ञवाली
बुटवल, कवि उद्धव देवकोटाको नवीनतम कविता कृति ‘समयको फन्को’ लोकार्पण गरिएको छ ।
तिलोत्तमा साहित्य, कला, सङ्गीत प्रतिष्ठानले शनिबार तिलोत्तमाको ड्राइभरटोलस्थित होराइजन जी.बी.एस. स्कुलमा एक कार्यक्रम आयोजना गरी पुस्तक सार्वजनिक गरेको हो। कवि देवकोटाले आफ्नी आमा चन्द्रकुमारी देवकोटाको जन्मदिनको अवसर पारेर पुस्तक लोकार्पण गर्नुभएको हो ।
‘समयको फन्को’ लेखन अनुभव बाँड्दै कवि देवकोटाले कविताले समाजका कथा, पीडा र चेतनालाई नयाँ ढङ्गले प्रस्तुत गरेको बताउनुभयो ।

कार्यक्रमको अध्यक्षता डा. मुरारी पराजुलीले गर्नुभएको थियो । प्रमुख अतिथि साहित्यकार ऋषिराम भुसाल विशिष्ट अतिथि वनमाली निराकार र डा. श्यामप्रसाद न्यौपाने रहनुभएको थियो । उहाँहरुले समयको फन्को यौटा पढ्नै पर्ने कृति भएको बताउनुभएको थियो ।
कार्यक्रममा लेखक हरि ज्ञवाली , रुद्र ज्ञवाली लगायतले कविताकृतिको साहित्यिक मूल्य र योगदानबारे प्रकाश पार्नुभएको थियो ।

लुम्बिनी रिभ्यू