बुटवल, रुपन्देहीका नीजी तथा संस्थागत शिक्षण संस्थाहरु आइतबारदेखि संचालन हुने भएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण अनिश्चित कालकालागि बन्द भएका शिक्षण सस्था भोलि भदौ २९ गते आइतबारदेखि संचालन हुने भएका हुन् । निजी तथा संस्थागत विद्यालयको संस्था प्याब्सन , एन प्याब्सन र हिसान रुपन्देहीले शनिबार संयुक्त रुपमा विज्ञप्ती निकाल्र्द आइतबारदेखि पूर्ववत रुपमा शिक्षण सस्था संचालन हुने जानाकारी गराएका छन् । विज्ञप्तीमा आन्दोलनका क्रममा भएको ज्याददी र शैक्षिक सस्स्थामाथिको आक्रमणको निन्दा समेत गरेका छन् ।

लुम्बिनी रिभ्यू