• Saturday 25th July 2026

लुम्बिनी प्रदेशका कारागारबाट फरार १ हजार २७८ कैदी बन्दी मध्ये २९० नियन्त्रणमा

लुम्बिनी प्रदेशका कारागारबाट फरार १ हजार २७८ कैदी बन्दी मध्ये २९० नियन्त्रणमा


  • लुम्बिनी रिभ्यू

बुटवल, देशभरि जस्तै जेनजीहरूको आन्दोलनको क्रममा लुम्बिनी प्रदेशका ६ वटा कारागारबाट भागेका कैदीबन्दीहरु स्वतहस्फुर्त फर्कने र सुरक्षकर्मीबाट पक्राउ पर्ने क्रम चलेको छ ।
आइतबार बिहानसम्म २ सय ९० जना फरार कैदीबन्दी नियन्त्रणमा आइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको सूचना तथा सञ्चार शाखाले जनाएको छ।
लुम्बिनी प्रदेशमा नवलपरासी, कपिलवस्तु, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, नौ बस्ता र हिरमनियास्थित बाल सुधार गृह गरी ६ वटा कारागारबाट १ हजार २ सय ७८ कैदी बन्दी फरार भएका थिए।नेपालगन्जबाट फरार भएका कैदी बन्दी भने अझै पक्राउ परेका छैनन्।

फरार हुने क्रममा सुरक्षाकर्मीसँगको झडपमा परी बाँकेको बाल सुधार गृहका ५ जना कैदी बन्दीको मृत्यु भएको थियो। अन्य फरार कैदी बन्दी को भने खोजी भइरहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेश प्रहरीका अनुसार सबैभन्दा बढी कपिलवस्तुबाट फरार भएका १ सय ३५ जना कैदीबन्दी पक्राउ परेका छन्। तुलसीपुरका ८० जना, नवलपरासीका ५६ जना, हिरमनिया स्थित बाल सुधार गृहका १५ जना र नौ बस्ता स्थित बाल सुधार गृहका ४ जना कैदी बन्दी नियन्त्रणमा आएका हुन्।
नेपालगन्जबाट फरार भएका कैदी बन्दी भने अझै पक्राउ परेका छैनन्। नेपालगन्ज कारागारबाट १ सय ४९ जना कैदी बन्दी फरार भएको प्रहरीको भनाइ छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend