लुम्बिनी रिभ्यु संवाददाता
२९ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने भएको छ । पदभार ग्रहणपछि बोल्दै प्रधानमन्त्री सुशीला कार्कीले यही निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।
उहाले बोल्ने क्रममा पनि युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने बताउनुभयो । उहाँले मृतकको शव घर लैजान पनि सरकारले सघाउने बताउनुभयो ।
उहाका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

लुम्बिनी रिभ्यू