• Saturday 25th July 2026

मन्त्रिपरिषद् विस्तारपछिकाे पहिलाे बैठकमा के के भयाे ? असोज १ गते शोक दिवस, बुधबार सार्वजनिक बिदा

मन्त्रिपरिषद् विस्तारपछिकाे पहिलाे बैठकमा के के भयाे ? असोज १ गते शोक दिवस, बुधबार सार्वजनिक बिदा

असोज १ गते शोक दिवस, बुधबार सार्वजनिक बिदा,परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन 


  • लुम्बिनी रिभ्यू

असोज १ गते शोक दिवस, बुधबार सार्वजनिक बिदा,परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति, घाइतेको निःशुल्क उपचार र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन 

काठमाडौँ ।  शुशिला कार्की नेतृत्वकाे मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरू गरेकाे छ ।

बैठकले असोज १ गते शोक दिवस मनाउने भएको छ । जेनजी आन्दोलनकाक्रममा साहदत प्राप्त गरेका सहिदको सम्झनामा शोक दिवस मनाउने निर्णय भएको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो । असोज १ गते बुधबार सार्वजनिक बिदा दिएर सरकारले शोक दिवस मनाउने भएको हो ।

सोमबार मन्त्रिपरिषद् विस्तारपछि  प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले अन्य केही महत्त्वपूर्ण निर्णय गरेको छ। आन्दोलनमा साहदत प्राप्त गर्नेलाई सहिद घोषणा र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो।

उहाँका अनुसार सरकारले आन्दोलनमा परिवारको सदस्य गुमाउनेलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत पाँच लाख रकम दिने भएको छ। घाइतेको निःशुल्क उपचार गर्ने र शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गमको हकमा हेलिकप्टरको व्यवस्था गर्ने निर्णयसमेत सरकारले गरेको छ।

सरकारले आन्दोलनमा भएको जनधनको क्षति, ज्यादती र घुसपैठको सम्बन्धमा अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गर्ने भएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend