• Saturday 25th July 2026

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुग्याे

जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुग्याे


  • लुम्बिनी रिभ्यू

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेहरूको संख्या ७४ पुगेको छ ।

कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा एउटा शव भेटिएपछि मृतककाे संख्या यति पुगेकाे हाे । यसअघि ७३ जनाको मृत्यु भएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बुधबार एक शव डढेको अवस्थामा भेटिएको पुष्टि गरे । उक्त शवकाे पहिचान हुन सकेको छैन ।

यसअघि चुच्चेपाटीको भाटभटेनीबाट डढेको अवस्थामा ७ वटा शव भेटिएका थिए।  ती शवहरू त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा राखिएको छ । तीनको पनि पहिचान भएको छैन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend