बुटवल । आर्थिक श्रृजनात्मक कृयाकलापका साथ स्थापना भएको सुमेरु बचत तथा त्रृmण सहकारी संस्थाको सातौं अधिवेशनबाट नयाँ कार्य समिति चयन भएको छ ।
अधिवेशनले नित्यानन्द ज्ञवालीलाई पुनः नेतृत्व हस्तान्तरण गरेको छ । उपाध्यक्षमा पनि लोकनाथ ज्ञवालीलाई अनुमोदन गरेको छ ।
नयाँ कार्यसमितिको सचिवमा बिन्दु ज्ञवाली र कोषाध्यक्षमा आत्मराम पन्थी चयन हुनु भयो ।
सदस्यहरुमा हेम थापा, रमा गिरी, राजु ज्ञवाली, तुल्सी ज्ञवाली र सरस्वती ज्ञवाली छानिनु भयो ।
विषयगत समितिमध्ये लेखा समितिमा संयोजक ईश्वरी प्रसाद पोखरेल, सदस्यहरु बुद्धिराम चौधरी र सकुन्तला खनाल, त्रृmण समितिमा लोकनाथ ज्ञवाली संयोजक, सदस्यहरु वसन्त ज्ञवाली र रमा ज्ञवाली, शिक्षा समितिमा संयोजक मधु ज्ञवाली, सदस्यहरु महेश पाण्डे र मानुदेवि उपाध्याय, नयाँ सदस्य सिफारिस समिति संयोजक लोकनाथ ज्ञवाली, सदस्यहरु तुलसीराम ज्ञवाली र सुरेश ज्ञवाली चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सो अवसरमा प्रमुख अतिथी, बरिष्ठ पत्रकार तथा समाजसेवी मदनलाल पौडेल, बुटवल कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, कालिका मानव ज्ञान माविका प्राचार्य दिनेश थापा, रुपन्देही ब्यापार संघका संस्थापक अध्यक्ष्य तथा सहकारीका अगुवा मोतिराज ज्ञवाली, शेयर सदस्य माधुदेवि उपाध्याय लगायतले बोल्नु भएको थियो ।
नयाँ नेतृत्व चयन गर्नका लागि सञ्चार तथा सहकारी अगुवाहरुमध्येबाट अर्जुन ज्ञवाली संयोजक, दीपक ज्ञवाली र गोकुल गिरी रहेको निर्वाचन समिति गठन भएको थियो ।
निर्वाचन संयोजक अर्जुन ज्ञवालीले नवनिर्वाचित सबैलाई पद तथा गोपनियताको सपथ गराउनुभएको थियो । निर्वाचनको बैधानिक प्रकृयापछि समितिका तर्फबाट दीपक ज्ञवालीले नयाँ नेतृत्वको प्रस्ताव गर्नुभएको थियो । जसलाई सभाले सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रमको अध्यक्षता नित्यानन्द ज्ञवाली, स्वागत लोकनाथ ज्ञवाली र सञ्चालन हेम थापाले गर्नु भएको थियो
सो अवसरमा संस्थाको नियमित श्रृंखला अन्तरगत सहकारीका पारिवारिक सदस्यमध्ये शैक्षिक क्षेत्रमा उत्कृष्ट नजिता ल्याउने साहित्य ज्ञवाली र दृष्टि ज्ञवाली, असल रिणीतर्फ डम्वर तिवारी र सावित्रा भण्डारी तथा आन्तरिक उत्कृष्ठ ब्यवस्थापनतर्फ गोमा पौडेल र शंकर ज्ञवालीलाई सम्मान गरिएको थियो ।
हेर्नाेस थप तस्बिरहरू
































लुम्बिनी रिभ्यू