• Saturday 25th July 2026

ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक

ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक


  • लुम्बिनी रिभ्यू

 

काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकसहित पाँचको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको छ।

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य विज्ञान राज शर्माका अनुसार आयोगको आइतबार बसेको बैठकले पूर्व गृहसचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा, काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेका हो।

भदौ २३ र २५ गतेको घटना छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजको विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको सदस्य शर्माले जानकारी दिनुभयो।

निजमाथि आवश्यक कारवाही गर्न तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगका स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायमा पत्राचार गरिने उहाँको भनाइ छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend