• Saturday 25th July 2026

पहिरो खसेका कारण रिडी‐तम्घास सडकखण्ड अवरुद्ध

पहिरो खसेका कारण रिडी‐तम्घास सडकखण्ड अवरुद्ध


  • लुम्बिनी रिभ्यू

रेसुङ्गा । गुल्मीकाे रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीटङ्कीनजिकै सुख्खा पहिरो खसेका कारण रिडी‐तम्घास सडकखण्ड अवरुद्ध भएको छ ।

दसैमा घर आएकाहरु गन्तव्यमा फर्किनेक्रम चलिरहेकाले सडकमा सवारी साधनको चाप बढेको छ ।
पहिरोले राजमार्ग बन्द भएपछि सवारी साधनलाई पानी टङ्कीदेखि सालबिसौनाहुँदै वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

अवरुद्ध सडक सुचारु गर्न सडक निर्माण कम्पनी र गाउँपालिकाको सहयोगमा डोजरको व्यावस्थापनको काम भइरहेको रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीले बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend