• Saturday 25th July 2026

कोशी प्रदेशमा बाढी र पहिरोबाट मृत्यु हुनेकाे संख्या ४५ पुग्याे

कोशी प्रदेशमा बाढी र पहिरोबाट मृत्यु हुनेकाे संख्या ४५ पुग्याे


  • लुम्बिनी रिभ्यू

काठमाडाै । बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । इलाममा १७ पुरुष र २० महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म ५ हजार ९२५ घर विस्थापित भएका छन् । २६ हजार ९८४ जना विस्थापित भएका छन् । बाढी र पहिरो र डुबानमा फसेका ५३२ जनाको सकुशल उद्धार गरिएको छ ।

प्रहरीका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा १६ वटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend