• Saturday 25th July 2026

इजरायलमा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक

इजरायलमा बन्धक बनाइएका विपिन जोशीको भिडियो सार्वजनिक


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। हमास समूहको बन्धक रहेका नेपाली नागरिक विपिन जोशीको बुधबार एउटा भिडियो सार्वजनिक भएको छ ।

इजरायली गुप्तचर निकायले सन् २०२३ अक्टोबर ७ मा किबुट्ज अलुमिमबाट हमासले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीको नयाँ भिडियो फुटेज प्राप्त गरेको जनाएको छ ।

जुन इजरायली समय अनुसार बुधबार साँझ सार्वजनिक गरिएको बन्धक परिवार फोरमले जनाएको प्रस्ट पारेको छ । जेरुसेलम पोस्टमा छापिएको खबर अनुसार नेपाली बन्धक विपिन जोशीको इजरायली गुप्तचर निकायले प्राप्त गरेको उक्त भिडियो फोरमको पहलमा सार्वजनिक गरिएको हो ।

फोरमको वक्तव्यमा भनिएको छ, गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी तपाईंहरूसँग साझा गर्दै छौँ, हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने अटल विश्वास दिलाएको छ ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend