• Saturday 25th July 2026

डा. निकोलस भुसालसहित कयौं पक्राउ

डा. निकोलस भुसालसहित कयौं पक्राउ


  • लुम्बिनी रिभ्यू

काठमाडौं । जेनजीको माग पूरा नभएको भन्दै प्रदर्शनमा उत्रिएका डा. निकोलस भुसालसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गृह मन्त्रालयले सबै नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्ने भन्दै धर्ना-जुलुसलगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न भनेको थियो ।

जेन-जीका नाममा विभिन्न समूहको सम्भावित प्रदर्शनलाई ध्यान दिँदै काठमाडौंका विभिन्न क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ ।

विशेषगरी माइतीघर मण्डलामा प्रहरी तैनाथी बढाइएको छ । माइतीघर परिसरमा प्रहरीको बाक्लो परिचालन गरेर कसैलाई पनि प्रदर्शन गर्न दिइएको छैन ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend