• Saturday 25th July 2026

एमाले अचानक महाधिवेशनकाे तयारीमा

एमाले अचानक महाधिवेशनकाे तयारीमा


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा (एमाले) ले ११ औं महाधिवेशन आगामी मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।
भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनको स्थानबारे भने तय भइनसकेको उहाँको भनाइ छ । मुलुकको लोकतन्त्र र संविधानको रक्षाका लागि एकतावद्ध भएर लाग्न एमालेले सबैमा आव्हान गरेको छ । असोज २९ देखि ३१ गतेसम्म बस्ने तयारी भएको एमाले केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे थप निर्णय लिने उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

प्रतिनिधिसभाको विघटन अवैधानिक रुपले गरिएकाले यसको पुनस्र्थापनामा एमाले रहेको बताउँदै उहाँले भन्नुभयो, “सरकारको गतिविधि निर्वाचनको लयमा देखिदैन । यद्यपि राष्ट्रपतिज्यूले आगामी फागुन २१ गतेका लागि निर्वाचन मिति तय गरिदिनुभएकाले अवस्था हेरेर त्यसबारेमा पार्टीले निर्णय लिन्छ ।”

दुई दिनको बैठकमा जिवन्त ढंगले छलफल भएको बताउँदै उहाँले आगामी महाधिवेशनले पार्टीलाई थप एकतावद्ध बनाउने दावी गर्नुभयो । नेताहरुमाथि प्रतिशोध साँध्ने अवस्थामा सरकार अघि बढेकाले सरकार निर्वाचन गराउने बाटोमा छैन भन्ने अनुमान लगाउन सकिन्छ भन्दै उहाँले लोकतन्त्रमा दलहरुलाई साथमा नलिएर निर्वाचन सफल हुन नसक्ने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend