• Saturday 25th July 2026

प्रतिनिधी सभा पुनर्स्थापनाको माग गर्दै धमाधम रिट

प्रतिनिधी सभा पुनर्स्थापनाको माग गर्दै धमाधम रिट


  • लुम्बिनी रिभ्यू

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको जानकारी दिनुभयो।

‘तीनवटा रिट आइसकेका छन्। दर्ता भइसकेको छैन। साथीहरुले अध्ययन गरिरहनु भएको छ’, प्रवक्ता कोइरालाले सचरकर्मीसँग भन्नुभयो। सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो। पहिलो दिन नै अदालतमा रिट पेश भएको हो।

प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ। सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद पुनःस्थापना गर्न माग गर्दै सिन्धुलीका युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेका छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend