काठमाडौं। नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा धमाधम हस्ताक्षर अभियान चलेकाे छ । अहिलेसम्म दुई हजार चार सय ३९ जनाले हस्ताक्षर गरेका छन्।
विशेष महाधिवेशनका लागि हस्ताक्षरको अगुवाइ गरिरहेका केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशत बढीले हस्ताक्षर गरिसकेको दाबी गरे। उनका अनुसार १४ औं महाधिवेशनमा रहेका चार हजार सात सय ४३ प्रतिनिधिमध्ये बहुमतले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन्।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा हस्ताक्षर संकलन भएको हो। संकलित हस्ताक्षर मंगलबार पार्टीलाई पेश गर्ने तयारी गरिएको छ।
मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ। केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराए।

लुम्बिनी रिभ्यू