• Saturday 25th July 2026

३४ दिनपछि देउवा सार्वजनिक, त्यागे कांग्रेसको सक्रिय नेतृत्व, कार्यवाहक सभापती पूर्णबहादुर

३४ दिनपछि देउवा सार्वजनिक, त्यागे कांग्रेसको सक्रिय नेतृत्व, कार्यवाहक सभापती पूर्णबहादुर


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

आज पार्टी कार्यालय सानेपा बसेको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन्।

खड्कालाई कार्यवाहक दिएर देउवा सम्भवतः भोलि नै उपचारका लागि सिंगापुर गएपछि बाँकी बैठक पनि खड्काले नै चलाउनेछन् ।

३४ दिनपछि सार्वजनिक
जेनजी आन्दोलनमा आफ्नै निवासभित्र सांघातिक आक्रमणमा परेका कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्रमन्त्री आरजु राणा ३४ दिनपछि सार्वजनिक भएका हुन् । आज पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन उनीहरु एकसाथ सानेपास्थित कांग्रेस कार्यालय पुगेका थिए ।

गाडी केही वरै रोकेर उनीहरु हिँड्दै कार्यालय प्रवेश गरेका थिए । बाहिर कार्यकर्ता र समर्थकको भिड थियो ।  शरीर र अनुहारमा चोटको निशान बाहिरबाट देखिएन । आरजु मुस्काएकी थिइन् भने देउवा गम्भीर मुद्रामा थिए । देउवाले समर्थकहरुलाई नमस्कार गर्दै कार्यालय छिरे । उपसभापति पूर्णबहादुर खड्काले उनलाई स्वागत गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend