• Saturday 25th July 2026

फेसबुकमा कसैले भन्दैमा छाड्दिनँः केपी ओली

फेसबुकमा कसैले भन्दैमा छाड्दिनँः केपी ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले फेसबुकमा कसैले भन्दैमा नछाड्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटीले भने एक मिनेट पनि अध्यक्ष पदमा नबस्ने बताए।

उनले कतिपयले आफूलाई बोकेर हिँड्न नसकेको भनेकोप्रति असन्तुष्टि जनाउँदै आफैँ हिँड्न सक्ने जवाफ दिए।

उनले भने, ‘मैले हट्नु पर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भनेको बेलामा यो आदेश दिने ठाउँ हो, यसको आदेशमा दिए एक मिनेट पनि बस्दिनँ, यो कमिटी भन्दा बाहिर गएर लोकप्रियतावादको पछि कुदेर यो कमिटीको कोही सदस्य भन्दैमा हुँदैन।’

‘यो देशको इच्छाको पूरा गर्ने कामको अगुवाइ यो पार्टीले गर्छ, यी कुराहरूमा सबै स्पष्ट हुनुस्। हट्ने आफ्नै प्रक्रिया हुन्छ। विरोधीहरूले घर र पार्टी कार्यालय विरोधीले आगो लगाएका हुन्। हामीले कुनै नराम्रो व्यवहार गरेका छैनौँ। हामीसँग भिजन छ, काम गर्ने सक्रियता छ।’ उनले थपे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend