• Saturday 25th July 2026

कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्न: ओली

कसैले बोलाउँदैमा लुरुलुरु बयान दिन जान्न: ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको छानबिन समितिमा बयानका लागि नजाने बताएका छन् ।

आइतबार सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा सम्पादकहरूले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले आफू गौरीबहादुर कार्की नेतृत्वको छानबिन समितिमा बयानका लागि नजाने बताएका हुन् ।

उनले भने, ‘कसैले बोलाउँदैमा म लुरुलुरु बयान दिन जाने भन्ने हुँदैन । यो हुन सक्दैन ।’
उनले आफू लोकतन्त्रका लागि विश्वास राख्ने व्यक्ति भएको उल्लेख गर्दै लोकतन्त्रको रक्षाका लागि निरन्तर लागिरहने समेत बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend