• Saturday 25th July 2026

नयाँ दल दर्ता गर्ने लहर, काे काे पुगे निर्वाचन आयोगमा ?

नयाँ दल दर्ता गर्ने लहर, काे काे पुगे निर्वाचन आयोगमा ?


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नयाँ दल दर्ता गर्ने लहर चलेकाे छ । पछिल्लाे पटक दर्ताका लागि थप तीन वटा पार्टी निर्वाचन आयोग पुगेका छन् ।

नेपाल लिबरल पार्टी नामक पार्टी दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा गोपीलाल न्यौपाने छन् । चुनाव चिन्ह सिक्का रहेको छ ।

राष्ट्रिय परिवर्तन पार्टी पनि दल दर्ताका लागि आयोग पुगेको छ । यसको अध्यक्षमा अजयकुमार छन् र चुनाव चिन्ह बाँसुरी रहेको छ । राष्ट्रिय जेनजी पार्टी नेपाल पनि दर्ता दर्ताका लागि पुगेको छ । यो पार्टीको अध्यक्षमा हिरा प्रसाद सेती रहेका छन् । चुनाव चिन्ह ‘क्रस खुकुरी’ छ ।

यी तीन वटै पार्टी दर्ताको निवेदन आइतबार निर्वाचन आयोग पुगेको हो । दल दर्ताको निवेदन प्राप्त भएको र डकुमेन्ट अध्ययनको क्रममा रहेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

यो सँगै जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने पार्टीको संख्या ७ पुगेको छ । नेपाल नागरिक पार्टी, उज्यालो नेपाल पार्टी, श्रम संस्कृति पार्टी र गतिशिल लोकतान्त्रिक पार्टीले दल दर्ताको निवेदन दिएका छन् ।

श्रम संस्कृति पार्टीको अध्यक्षमा धरानका मेयर हर्क साम्पाङ रहेका छन् । गतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्षमा दिनेश प्रसाईं रहेका छन् ।

थप दलहरू पनि दर्ताकाे तयारीमा रहेका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend