• Saturday 25th July 2026

चार जना नयाँ मन्त्रीः काे काे ?

चार जना नयाँ मन्त्रीः काे काे ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएका गुनासाहरू सार्वजनिक भइरहेका बेला   प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्नुहुने भएको छ ।  मन्त्रिपरिषदमा चार जना नयाँ मन्त्री थपिने भएका छन् ।

उहाँले राष्ट्रपतिसमक्ष नयाँ मन्त्री नियुक्तिका निम्ति नाम सिफारिस गर्नुभएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा पूर्वसचिव डा सुधा शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, श्रम तथा रोजगारमन्त्रीमा खगेन्द्र सुनुवार र युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता सिफारिस हुनुभएको छ ।

आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend