• Saturday 25th July 2026

नेपालका कम्युनिष्टः काे जुट्दै ? काे फुट्दै ?

नेपालका कम्युनिष्टः काे जुट्दै ? काे फुट्दै ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । नेपालका कम्युनिष्ट पार्टीहरूमा नयाँ घटनाहरू भइरहेका छन् । काेही जुट्न त काेही फुट्न लागिरहेका छन् ।

(माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा विभिन्न नौ वटा वाम घटकबीच एकता घोषणा हुने तयारी छ ।

त्यसकाे अघिल्लाे दिन कमलादीस्थित प्रज्ञा भवनमा आज बसेको माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले त्यसलाइ पुष्टि गरे ।

एकताबारे असन्तुष्टि व्यक्त गर्दै पार्टी पुनर्गठन अभियान सञ्चालन गर्ने घोषणा गरेका नेता जनार्दन शर्मालाई पार्टी एकताको प्रक्रियामा सहभागी हुन संयोजक दाहालले आग्रह गरे ।

माधव नेपालसहितको संस्थापन पक्ष माओवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गर्न तयार भइसकेका बेला घनश्याम भुसाललगायतका नेताहरू पार्टी पुनर्गठन गर्ने पक्षमा छन् । उनीहरूले बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्दै अलग्गै मोर्चा बनाउने घाेषणा गर्दै छन् ।

रामकुमारी झाँक्रीसहितका नेता एमाले फर्किने तयारीमा छन् । उनीहरूले पनि पत्रकार सम्मेलन गरेर नयाँ घाेषणा गर्दैछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend