• Saturday 25th July 2026

र, यसरी फर्किईन रामकुमारी झांक्री

र, यसरी फर्किईन रामकुमारी झांक्री


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओलीविरूद्ध मुखमा कालाे टेप टाँसेर आगाे ओकल्दै पार्टी परित्याग गरेकी रामकुमारी झाँक्री एमालेमै फर्किएकी छन् ।

राष्ट्रिय सभा गृहमा आयोजित एक समारोहबिच एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीबाट फर्किए कानेतृ रामकुमारी झाँक्रीसहित नेता किसान श्रेष्ठ लगायतलाई पार्टीको झण्डा प्रदान गर्दै घरमा स्वागत गरे ।

विगतमा माधव नेपालसंगै एमाले छाडी एकीकृत समाजवादीतर्फ लागेका तर नेपालसंगै दस बाम एकीकत भई बनेकाे नेपाली कम्युनिष्ट पार्टीमा नगएका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

अध्यक्ष ओलीले एमालेमा फर्किएकाहरूलाई  स्वागत गरे ।

कार्यक्रम स्थलमा ‘घर फर्क अभियानमा स्वागत छ’ लेखिएका ब्यानर र झण्डाहरू राखिएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend