काठमाडौं । अन्ततः भीम रावल नेतृत्वकाे मातृभूमि जागरण अभियान पनि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ।
यसअघि दश बाम घटकहरू एक भएकाे घाेषणा गरेका थिए ।
राष्ट्रिय सभागृहमा भएको सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गरेका छन् ।
रावललाई नेकपामा छैटौँ वरीयता दिने सहमति बनेको छ। त्यसअघि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहनेछन् ।
सभालाई संवाेधन गर्दै रावलले भने, ‘आज फेरि नेपाली कम्युनिस्ट पार्टीलाई अगाडि बढाएर चाहे जनयुद्धको मोर्चामा होस्, चाहे जनआन्दोलनको मोर्चामा होस्, कोडिनेस केन्द्रदेखि नयाँ सङ्कल्पसहित यहाँ उभिँदा विगतलाई बिर्सिएको छु।’

लुम्बिनी रिभ्यू