• Saturday 25th July 2026

मतदाता दर्ताः राष्ट्रिय परिचयपत्रबाट कसरी गर्ने अनलाइन दर्ता ?

मतदाता दर्ताः राष्ट्रिय परिचयपत्रबाट कसरी गर्ने अनलाइन दर्ता ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। मतदाता  नामावलीमा नाम दर्ता गर्न तीन दिन बाँकी छ । समय सिमा सकिनै लाग्दा अब  नागरिकहरूले राष्ट्रिय परिचयपत्रमार्फत आफ्नो विवरण आफैँ भरी मतदाता नामावलीमा दर्ता गर्न सक्ने भएका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै  अब नागरिकले अनलाइन प्रणालीबाट नै मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने सुविधा सुरु भएको बताउनुभएको हो।

उक्त सूचनाअनुसार राष्ट्रिय परिचयपत्र भएका नागरिकले निर्वाचन आयोगको वेवसाइटमा प्रि–रजिष्ट्रेशन फारम भरेपछि बायोमेट्रिकका लागि कार्यालय जानुपर्ने बाध्यता हटेको छ।

यसरी गर्नाेस अनलाइन दर्ता

मतदाता दर्ता प्रक्रिया चार चरणमा सम्पन्न हुनेछ।

पहिलो चरणमा राष्ट्रिय परिचयपत्रको विवरण मिलान गरी मतदाता परिचयपत्रसँग जोड्ने प्रक्रिया सुरु हुनेछ। दोस्रो चरणमा देखिएका विवरण पुनःजाँच गरी त्रुटि भए सच्याउने व्यवस्था गरिएको छ।

तेस्रो चरणमा मतदानस्थल छनोट गर्न तथा नयाँ बसोबास वा विवाहका कारण ठेगाना परिवर्तन भए आवश्यक कागजात अपलोड गर्न सकिनेछ।

चौथो चरणमा सबै विवरण अन्तिम पटक जाँच गरी फारम अनलाइनमार्फत पेस गर्नु पर्ने छ ।

यति गरेपछि मतदाता नामावली दर्ता प्रक्रिया पूरा हुनेछ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend