काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।
नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २ रुपैयाँ र डिजेल प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो ।
भारतबाट डिजेल प्रतिलिटर ६.५३ पैसा मूल्य बढेर आए पनि ३ रुपैयाँ मात्रै मूल्य बढाएको हो । भने, पेट्रोल भारतबाट २.५४ रुपैयाँ मूल्य वृद्धि भएर आएको छ ।
निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी भारतबाट बढेर आएको मूल्यभन्दा घटाएर मात्रै मूल्य बढाएको हो ।
तर यसकै बहानामा बढि मूल्य तिर्नु परिरहेकाे कतिपय उभभाेक्ताहरूकाे गुनासाे छ । उनीहरूका अनुसार बजार अनुगमन गरी बढि मूल्य लिनेलाइ कार्वाही हुनु पर्दछ ।

लुम्बिनी रिभ्यू