• Saturday 25th July 2026

सार्वजनिक भयाे निर्वाचन तालिका, के गर्लान एमाले,कांग्रेस ?

सार्वजनिक भयाे निर्वाचन तालिका, के गर्लान एमाले,कांग्रेस ?


  • लुम्बिनी रिभ्यू

काठमाडौँ   । केही प्रमुख दलहरू विश्वस्त नभए पनि  निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।

आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो।

तालिका अनुसार माघ ६ गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ। माघ ६ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ। ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

आयोगका अनुसार ७ माघमा उम्मेदवारको विरोधमा उजुरी दिन पाइने छ । बिहान १० बजेदेखि ३ बजेसम्मको समय उजुरीका लागि निर्धारण गरिएको छ । उजुरीमा जाँचबुझपछि माघ ८ गते साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

उम्मेदवारी फिर्ता लिन माघ ९ गते बिहान १० बजेदेखि १ बजेसम्मको समय दिइएको छ भने सोही दिन ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह दिइने छ ।

आयोगकाे यस्ताे तालिकापछि कयाैं दलहरू निर्वाचनकाे तयारीमा हाेमिइसकेका छन् । केही दलहरूकाे प्रतिकृया आउन बाँकी छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend