काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’समुहले पार्टीकाे नाम परिवर्तन गरेकाे छ । उक्त समुहले जनयुद्धकाे नेतृत्व गरेकाे
नाम नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ब्यूत्याएर दर्ता गरेका छन् ।
उक्त पार्टीले मङ्गलबार निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ ।
आयोगको कार्यालय, बहादुर भवनमा नेता चन्दलाई आयोगका सचिव महादेव पन्थले सो प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सो दलले गुलाब निर्वाचन चिह्न पाएको छ ।
गत कात्तिक ११ गते आयोगको कार्यालय पुगेर ‘कम्युनिस्ट पार्टी नेपाल’का नाममा सो पार्टीका नेता सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेताले दल दर्ताको निवेदन दिनुभएको थियो ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत दल एकतापछि नेकपा (माओवादी) को मान्यता दिइएको हो ।

लुम्बिनी रिभ्यू