• Saturday 25th July 2026

के हाे बारा घटना ? के भन्छन् प्रशासन, एमाले र जेन्जी ?

के हाे बारा घटना ? के भन्छन् प्रशासन, एमाले र जेन्जी ?


  • लुम्बिनी रिभ्यू

काठमाडाै । बुधबार बारा जिल्लाको सिमरामा भएको घटनाप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

घटनापछि सिर्जित अवस्थालाई नियन्त्रणमा ल्याई स्थिति सामान्य बनाउने कार्य स्थानीय प्रशासनले गरिरहेको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयले वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था तथा अमनचयन कायम गर्दै तोकिएको मितिमै निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ। सो उद्देश्य पूरा गर्न सबै पक्षको सहयोग आवश्यक रहेको पनि मन्त्रालयले विशेष जोड दिएको छ।

गृह मन्त्रालयले राजनीतिक, सामाजिक तथा सार्वजनिक कार्यक्रम स्थानीय प्रशासनसँग समन्वय गरी मर्यादापूर्वक सञ्चालन गर्न आग्रह गरेको छ।

शान्तिपूर्ण अभिव्यक्ति र जमघटका संवैधानिक हक प्रयोग गर्दा संयमता, संवाद, समन्वय र सहमति अपरिहार्य रहेको मन्त्रालयको भनाइ छ।

साे घटनाबारे नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बारामा विमानस्थलम तोडफोड गर्दै एमालेको सभा अवरुद्ध गर्न खोज्ने समूहलाई ‘जेनजी’का नाममा पहिचान गर्न खोजिए पनि उनीहरू वास्तविकतामा अपराधी, असामाजिक र राष्ट्र विरोधी भएको टिप्पणी गरेका छन् ।

बुधबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमाले स्थानीय विकास विभागको ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले बारामा देखिएको व्यवहारले लोकतान्त्रिक अभ्यास, शान्ति–सुरक्षा र राष्ट्रिय हितमै चोट पुर्‍याएको बताउनुभयो। ‘यी सामाजिक तत्त्व होइनन्, असामाजिक तत्त्व हुन्, अन्तर्राष्ट्रिय, देशद्रोही तत्त्व हुन्,’ अध्यक्ष ओलीले आक्रोश पोखे।

साेही घटनाबारे जेन-जी बारा जिल्ला संयोजक सम्राट उपाध्यायले एमाले कार्यकर्ताले  आफूहरूमाथि आक्रमण गरेकाे र पुलिसले पनि कुटेकाे दाबी गरे । उनले जिकिर गरेका छन्  हामी जेनजी साथीहरु र सिमराबासी भएर एमालेका कार्यकर्ताहरुलाई लखेट्दै एयरपोर्टसम्म पुग्यौं । उनीहरु भित्र छिरिहाले । हामीले बाहिरैबाट नाराबाजी गर्यौं । कोही पनि गेटभित्र छिरेका छैनौं । तर, अहिले हामीलाई बदनाम गराउने काम भइरहेको छ । 

के भएकाे थियाे ? 

बाराको सिमरामा जेनजी प्रदर्शनकारीहरुले गरेको अवरोधका कारण एमाले नेताहरु शंकर पोखरेल, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेताहरु काठमाडौंमै रोकिएका थिए ।

उता बारा जिल्लाको सिमरामा रहेको विमानस्थलमै जेनजी प्रदर्शनकारी र एमाले समर्थित युवाहरुबीच झडप समेत भएकाे थियाे । तनावपछि  सिमरामा  प्रशासनले कर्फ्यू लगाएको छ ।  तस्बिर : सयपत्री अनलाइन

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend