काठमाडौं । आसन्न महाधिवेशनका लागि नेकपा एमालेले विभिन्न तयारी उपसमिति गठन गरेको छ । पार्टीको सचिवालय बैठकले ११ औं महाधिवेशनका लागि यस्ताे निर्णय गरेकाे हाे ।
बैठकले प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ ।
त्यस्तै जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिए ।
लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी रहेको खाद्य व्यवस्थापन समिति, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
कृष्ण गोपाल श्रेष्ठ संयोजक रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए ।
यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।

लुम्बिनी रिभ्यू