काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौंमा जनप्रदर्शन गरेकाेलछ ।
प्रदर्शनपछि आयाेजित सभालाई संबाेधन गर्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले जनताबाट चुनिएकाहरूबाट मात्र सरकार सञ्चालन गर्ने लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता भएको बताउनुभएको छ ।
अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि गठन भएको सरकारले गरेको प्रतिनिधिसभा विघटनको सिफारिस संविधानको भावनाबमोजिम नभएको तर्क गर्नुभयो ।
उहाँले राष्ट्रिय फोर्स सबैको सुरक्षाका निम्ति भएको स्पष्ट गर्नुभयो । पार्टीका महासचिव शङ्कर पोखरेलले संविधान र लोकतन्त्रकाको सुदृढीकरणका लागि नेकपा एमाले निरन्तर क्रियाशील रहने बताउनुभयो ।

लुम्बिनी रिभ्यू