• Saturday 25th July 2026

निर्वाचनमा भाग लिने कांग्रेसकाे औपचारिक निर्णय

निर्वाचनमा भाग लिने कांग्रेसकाे औपचारिक निर्णय


  • लुम्बिनी रिभ्यू

काठमाडौ । अन्तत: नेपाली कांग्रेसले   निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो।

बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ ।’

निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको कांग्रेसको भनाइ छ ।

तर कांग्रेसले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend