• Saturday 25th July 2026

प्रतिनिधि सभा निर्वाचन: दल दर्ताकाे लहर

प्रतिनिधि सभा निर्वाचन: दल दर्ताकाे लहर


  • लुम्बिनी रिभ्यू

काठमाडौं । निर्वाचन आयोगका अनुसार मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा निर्वाचनमा भाग लिन चाहने दल दर्ता गराउने समय छ ।

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या अहिलेसम् ६४ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार आइतबारसम्म ५६ वटा दल दर्ता भएकोमा सोमबार मात्रै थप ८ दल दर्ता भएका छन् ।

सोमबार दर्ता हुने दलमा देवप्रकाश त्रिपाठी नेतृत्वको नागरिक शक्ति नेपाल, रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, खड्गबहादुर देवान नेतृत्वको मितेरी पार्टी नेपाल, तुलसीराज गिरी नेतृत्वको प्रगतिशील समाजवादी पार्टी, नेत्रबहादुर चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) छन् ।

यस्तै, वेजेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी, नुमनाथ प्याकुरेल नेतृत्वको राष्ट्रिय समुन्नत पार्टी र रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि सोमबार दर्ता भएका छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend