काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिन नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।
एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले दल दर्ताको निवेदन दिएका हुन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आजै सर्वोच्च अदालतमा रिट समेत दायर गरेको छ ।

लुम्बिनी रिभ्यू