• Saturday 25th July 2026

सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन : ओली

सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन : ओली


  • लुम्बिनी रिभ्यू

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताउनुभएको छ ।

११ औँ महाधिवेशनको प्रतिक चिह्न सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष ओलीले अध्यक्षका हैसियतमा आफ्नो प्रयास, सहमति, एकता, रूपान्तरण र पुस्तन्तरणका लागि केन्द्रित हुने बताउनुभयो ।

उहाँले सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम नहुने उल्लेख गर्नुभयाे ।

“सर्वसम्मतिका नाममा सेन्टिमेन्टल हिसाबले कसैलाई रोक्ने वा छेक्ने काम हुँदैन । स्वच्छ प्रतिस्पर्धा हुने छ । एमालेमा डेमोक्रेसी छैन । चुनावै लडेनन् वा कसैलाई चुनाव लड्न दिएनन् भनिरहनु पर्दैन’’, अध्यक्ष ओलीले भन्नुभयो, “चुनाव लड्न पाइन्छ तर अध्यक्षका रूपमा मेरो आग्रह छ– एकताबद्ध भएर जाऔं, एकार्कामा नकारात्मक टीकाटिप्पणी गर्ने, खुइल्याउने, होच्याउने र अपमान गर्ने जस्ता काम कसैले नगरौँ ।’’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend