• Saturday 25th July 2026

कांग्रेसमा मापदण्डः यस्ता व्यक्ति उम्मेद्वार बन्न पाउने छैनन्

कांग्रेसमा मापदण्डः यस्ता व्यक्ति उम्मेद्वार बन्न पाउने छैनन्


  • लुम्बिनी रिभ्यू

जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसङ्गतिमा दोषी ठहर भएका व्यक्ति  उम्मेदवार बन्न अयोग्य

काठमाडाै । १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेसँगै नेपाली कांग्रेसले विभिन्न तह र निकायमा उम्मेद्वार बन्नेहरूका लागि समेत   मापदण्डहरू बनाएकाे छ।

कांग्रेसले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्न मातहतका कार्यसमितिलाई परिपत्र गरेको छ ।  केन्द्रीय कार्यसमितिको निर्णय अनुसार माघ ११ गतेको राष्ट्रिय सभा सदस्य र फागुन २१ गते तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न परिपत्र गरिएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले गरेको परिपत्रमा विधानतः योग्यता पुगेको व्यक्ति सिफारिस गर्न भनिएको छ । पत्रमा जातीय विभेद, घरेलु हिंसा, बाल श्रम वा अन्य कुनै पनि प्रकृतिका सामाजिक विसङ्गतिमा दोषी ठहर भएका व्यक्ति नेपाली कांग्रेसको उम्मेदवार बन्न अयोग्य हुने प्रस्ट पारिएको छ ।

कांग्रेसले २०७९ को निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिकतर्फबाट निर्वाचित भएका व्यक्ति फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फको उम्मेदवार हुन नपाउने प्रस्ट पारेको छ ।

साथै प्रदेश सभा सदस्य २०७९ को समानुपातिकको बन्दसूचीमा समावेश भएका व्यक्तिको नाम प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि उम्मेदवार सिफारिस गर्न नपाइने परिपत्रमा उल्लेख छ । कांग्रेसले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई उम्मेदवार सिफारिस गर्न नपाइने जानकारी दिएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend