• Saturday 25th July 2026

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता : यी हुन मुद्दा दर्ता भएका पाँच पूर्वमन्त्रीसहित ५५ जना

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता : यी हुन मुद्दा दर्ता भएका पाँच पूर्वमन्त्रीसहित ५५ जना


  • लुम्बिनी रिभ्यू

काठमाडौँ ।  पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका सम्वन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्री स्वर्गीय पोष्ट बहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीमप्रसाद आचार्य, दीपक चन्द्र अमात्य र तत्कालीन अर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

उनीहरुविरुद्ध आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान  आयोगका अनुसार संस्कृति मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयका तत्कालीन सचिव भेषराज शर्मा, संस्कृति मन्त्रालयका तत्कालीन सह–सचिव रञ्जनकृष्ण अर्याल, मोहनकृष्ण सापकोटा, सह–सचिव तथा प्राधिकरण सञ्चालक समिति सदस्य लोकबहादुर खत्री, प्राधिकरण सञ्चालक समितिका तत्कालीन सदस्य मनरुप शाही, ज्योति अधिकारी, मनोज कार्की, फुर्वा छिरिङ शेर्पा, सुरेश आचार्य, मदन खरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

भन्सार विभागका तत्कालीन महानिर्देशक एवम् नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका सदस्य मुक्तिनारायण पौडेल, सूर्यप्रसाद आचार्य, प्राधिकरणका तत्कालीन महानिर्देशक एवम् सञ्चालक समितिका सदस्य–सचिव रतीश चन्द्रलाल सुमन, प्राधिकरणका तत्कालीन उप–महानिर्देशक सुमन कुमार श्रेष्ठ, तत्कालीन उप–सचिव हरि बहादुर खड्का, तत्कालीन उप–महानिर्देशक रोशन चित्रकार, ऋषिकेश शर्मा, तत्कालीन उपनिर्देशक नारायण गिरी, महेश कुमार बस्नेत, तत्कालीन निर्देशक बाबुराम पौडेल, उपनिर्देशक मुरारी भण्डारी, सुवर्ण राज उपाध्याय, निर्देशक प्रताप बाबु तिवारी, तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाल, रामचन्द्र सुवेदीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

त्यस्तै सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा. रामकृष्ण तिमिल्सिना, एयरपोर्ट इन्जिनियर डा. पुरुषेत्तम डंगोल, सेवा निवृत्र निर्देशक विनोदानन्द चौधरी, प्राधिकरणका तत्कालीन निर्देशक मुकुन्दप्रसाद भण्डारी, तत्कालीन प्रबन्धक गंगासागर मान श्रेष्ठ, तत्कालीन उपप्रबन्धक हाल महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका तत्कालीन प्राध्यापक डा. रविन्द्रनाथ श्रेष्ठ, उप–प्राध्यापक सूर्य ज्ञवाली, सन्तोषकुमार श्रेष्ठ, तत्कालीन उपनिर्देशक डा. पुण्यराज शाक्य, तत्कालीन वरिष्ठ कानुन अधिकृत द्वारिकाप्रसाद भट्टराई, तत्कालीन प्रबन्धक कुल प्रसाद सिंखडा, तत्कालीन सहसचिव मधुकुमार मरासिनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

त्यसैगरी अर्थ मन्त्रालयका तत्कालीन उपसचिव लाल बहादुर खत्री, शाखा अधिकृत कमल कुमार भट्टराई, तत्कालीन उपसचिव प्रेम उपाध्याय, संस्कृति मन्त्रालयका तत्कालीन मन्त्री पोष्टबहादुर बोगटीको हकवाला श्रीमती राममाया बोगटी, प्राधिकरणका तत्कालीन उपनिर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ, चाइना सीएएमसी इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र सोका मुख्य भइ काम गर्ने व्यक्ति वाङ बो र लिउ सेङचेनविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको गाेरखापत्र अनलाइनले छापेकाे छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend