भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य रहेको बताएका छन्।
पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् ब्युँताएरै छाड्ने संकल्प रहेकाे बताए ।

अध्यक्ष ओलीले आफू प्रधानमन्त्री हुँदा विकसित भएका पछिल्ला घटनाक्रमहरूको समीक्षा गर्दै भदौ २३ र २४ गतेका हिंसात्मक घटनाहरूका प्रसंगमा देशलाई गृहयुद्ध र रक्तपातबाट बचाउन आफूले पद त्याग गरेको दाबी गरे ।
उने भने ‘त्यो उपद्रवको लक्ष्य सरकार परिवर्तन मात्रै थिएन, त्यसभित्र राज्यको मेरुदण्ड नै भाँच्ने योजना लुकेको थियो ।संसद्बाटै सरकार फेर्न सकिन्थ्यो वा अर्को निर्वाचन कुर्न सकिन्थ्यो। तर, लोकतन्त्रलाई ध्वस्त पारेर शून्यता सिर्जना गर्ने र राज्यविहीनताको अवस्थामा पुर्याउने षड्यन्त्र भएपछि थप क्षति नहोस् भनेर मैले राजीनामा दिएँ।’
वर्तमान सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचनलाई ओलीले ‘नाटक’ को संज्ञा दिए। उनले सरकारले चुनावको मिति तोके पनि त्यसको कुनै तयारी नगरेको र देशमा भय तथा त्रासको वातावरण सिर्जना गरेको आरोप बतााए ।
अर्काे एक प्रसंगमा उनले लाेकतन्त्र अजेय र एमाले अजम्वरी भएकाे उल्लेख गरे ।

लुम्बिनी रिभ्यू