• Saturday 25th July 2026

अन्नतः ओली र पोखरेल समुह यसरी उत्रिए मैदानमा

अन्नतः ओली र पोखरेल समुह यसरी उत्रिए मैदानमा


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

महासचिव पदका लागि वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुँदैछ । पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने पाण्डे इतर पक्षको ।

दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा छ । ओली तेस्रो पटक अध्यक्ष बन्ने दाउमा हुँदा पोखरेल पूर्वराष्ट्रपति विद्या भण्डारीको साथ लिएर मैदानमा होमिएका छन् ।

हिजोबाट सुरु भएको एमाले महाधिवेशनमा अहिले विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। ११औँ महाधिवेशनमा भेला भएका २२६३ प्रतिनिधिले ३०१ सदस्यीय कमिटी चुन्दै छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend