काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट केहीले असाध्यै लाेकप्रिय र केहीले अत्यन्त लज्जाजनक मत प्राप्त गरेका छन् ।
लज्जाजनक पराजय भाेग्नेहरूमा एमालेका केही पत्रकार नेताहरू पनि छन् । जसले बिगतमा अनैतिक र अबैधानिक प्रस्ताव नस्विकार्ने स्वाभिमानी, कलमजिवी तथा संगठनप्रति प्रतिवद्ध तर उनीहरूलाइ मन नपर्ने जतिलाइ संगठन विपरित लागेकाे भन्दै कठाेर कार्वाही गर्दथे ।
पार्टीकाे सर्वाेच्च नेतृत्व र केही प्रभावशाली नेताहरूकाे नाम बेच्दै संगठनकै कर्मठहरूकाे सदस्यता समेत खाइदिने उनीहरू यसपटक अाफै भने पार्टी अध्यक्ष केपी शर्मा अाेली नेतृत्वकाे संस्थापन पक्षकाे निर्णय विरूद्ध उठेका थिए । ती मध्ये थिए, प्रेस चाैतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत र पूर्व अध्यक्ष राजेन्द्र अर्याल पनि ।
चाैतारीका एक पदाधिकारीका अनुसार अर्याल तिनै हुन, जसले असल, सक्षम र विशेषज्ञहरूलाइ हरेक ठाउँमा राेक्नका लागि बार्गेनिंग गर्थे ।
यतिसम्म कि उनले संगठन, सरकारी तथा विशेषज्ञ अनेक क्षेत्रमा उच्च अंकका साथ उत्तिर्णहरूलाइ पाखा लगाएर अन्तिमलाइ पहिलाे बनाउन र पहिलाेलाइ पाखा लगाउन विगतमा विभागिय मन्री, सचिवालय र सरकारी कर्मचारीहरूलाइ प्रलाेभन पारेकाे अाराेप छ ।
यसका लागि लुम्विनी, गण्डकी, काेशी लगायतका नेताका नाममा रकम उठाउने जिम्मा उनले स्थानीय पत्रकारलाइ दिएकाे दावी छ । लुम्बिनीमा उनले थप चार जना परिचालन गरेका थिए ।
यसबारे सप्रमाण थप श्रृखला जारी रहने छ ।

लुम्बिनी रिभ्यू