• Friday 24th July 2026

तेजनिधि पौडेलको जीवनका अनुभव र यात्रा संस्मरण पुस्तक लोकार्पण

तेजनिधि पौडेलको जीवनका अनुभव र यात्रा संस्मरण पुस्तक लोकार्पण


  • लुम्बिनी रिभ्यू

लुम्बिनी रिभ्यु संवाददाता

जीवन अनुभव र यात्रा अनुभवलाई सरल, सहज र गहन तरिकाले प्रस्तुत गरिएको पुस्तक पठनिय छ ।

बुटवल, धार्मिक तथा सामाजिक क्षेत्रमा क्रियाशिल बुटवलका तेजनिधि पौडेलले जीवनका अनुभव र यात्रा संस्मरण नामक पुस्तक प्रकाशन गर्नुभएको छ ।
स्थान परिचय र जीवन उर्जाकालागि उपयोगी सो पुस्तकको एक कार्यक्रमका बीच बुटवलमा शनिबार लोकार्पण गरियो । विश्वहिन्दु महासंघ बुटवलमा आयोजित लोकार्पण समारोहमा साहित्यकार वनमाली निराकार, विश्व हिन्दु महासंघका महेश्वर प्रसाद श्रेष्ठ , बेनबहादुर पौडेल, पतन्जली योगका प्रेम शाह, बुटवल उपमहानगरका पूर्व उपप्रमुख पुनाराम पोखरेल लगायतले पुस्तक लोकार्पण गर्नुभयो । पुस्तक लोकार्पण गर्दै उहाँहरुले जीवन अनुभव र यात्रा अनुभवलाई सरल, सहज र गहन तरिकाले प्रस्तुत गरिएको पुस्तक पठनिय रहेको बताउनुभयो ।
लेखक तेजनिधि पौडेल लामो समय सरकारी सेवामा काम गरेर सेवा निवृत्त भएपछि सामाजिक र धार्मिक गतिविधिसँगै लेखनमा लाग्नुभएको हो । पौडेलको ८० औं जन्मदिनको अवसर पारेर पुस्तकको प्रकाशन उहाकी पत्नी तेजमाया र छोरा डा. प्रकाश र लक्ष्मण पौडेलले गर्नुभएको हो । आफ्ना अनुभव समाज र देशकालागि पनि पठनिय र मननीय हुने ठानेर पुस्तकका रुपमा प्रकाशन गरेको लेखक पौडेलले बताउनुभयो ।


पुस्तकको एक दर्जन सर्जकहरुले समिक्षा गर्दै पौडेलको सरल जीवन पुस्तकमा पनि झल्कीएको र समाजका लागि उदाहरणका रुपमा प्रस्तुत भएको बताउनुभयो । प्रमुख अतिथि साहित्यकार वनमाली निराकारले पुस्तक सामाजिक रुपमान्तरणका लागि उपयोगी भएको बताउनुभयो । साहित्यकार हिरण्यलाल ज्ञवालीले सरल शब्द, मिठासपूर्ण प्रसंग पुस्तकको गहना भएको बताउनुभयो । पतन्जली योग लुम्बिनीका अध्यक्ष प्रेम शाहले पुस्तक सत्कर्म र सामाजिक जीवन भोगाइका लागि नमूना रहेको बताउनुभयो । पुस्तकको विश्व हिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ , केन्द्रीय उपाध्यक्ष बेनबहादुर पौडेल, बुटवल उपमहानगरका पूर्व उपप्रमुख पुनाराम पोखरेल लेखक, डा. बाबुराम ज्ञवाली , हरि ज्ञवाली , कृष्णप्रसाद कोइराला, ध्रुवराज काफ्ले लगायतले समिक्षा गर्दै पुस्तक जीवन्त र संग्रहणीय रहेको बताउनुभयो ।


पुस्तकको पहिलो खण्ड जीवन यात्रा, पारिवारिक पृष्ठभूमि, तथा आमाबुवाप्रतिको श्रद्धास्मरणमा केन्द्रित छ । दोस्रो खण्डमा मुक्तिनाथदेखि गंगासागरसम्म नेपाल र भारतका चारधाम, बराह क्षेत्र, गोसाइँकुण्ड, गंगासागर, पुष्करको सरल भाषामा संस्मरण गरिएको छ । तेस्रो खण्डमा धार्मिक सामाजिक क्षेत्रका अग्रणी व्यक्तित्वहरुको परिचय, योग ध्यान तथा आध्यात्मिक साधना सम्बन्धी लेख छन् । लेखकका छोरा डा. प्रकाश पौडेलले बुवाका सबै स्मरणलाई लिपीवद्ध गर्न आत्मकथा लेख्न प्रेरित गरेको बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend