काठमाडौं । मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा गरेको छ ।
उक्त समूहले भाेलिदेखि आन्दोलनको घोषणा गरेको हो ।
भदौ २३-२४ को आन्दोलन र यसले उठाएको मागप्रति सुशीला कार्की नेतृत्वको सरकारले बेवास्ता गरेको ढुंगानाको जिकिर छ । सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम नभएको उनको टिप्पणी छ ।
कार्की सरकारले जेन-जी आन्दोलनको मर्म नबोकेको साथै समग्र युवाको नेृत्व नगरेको भन्दै उनले सर्वपक्षीय सरकार गठनको माग गरेका छन् ।
घोषणा कार्यक्रममा रविकिरण हमाललगायत विभिन्न जेन-जी अगुवाहरूको उपस्थिति थियो ।

लुम्बिनी रिभ्यू