काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका हुन् ।
उनीहरूबीच समसामयिक राजनीति, मुलुकको वर्तमान अवस्था तथा आपसी सहकार्यका विषयमा छलफल भएको बताईएकाे छ।
भेटमा नेकपा (एमाले)का महासचिव शंकर पोखरेल पनि सहभागी थिए ।
संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस र एमाले एकै धारमा उभिएका छन्।

लुम्बिनी रिभ्यू