• Saturday 25th July 2026

बुटवल औद्योगिक प्रदर्शनीः नयाँ नयाँ आयाम

बुटवल औद्योगिक प्रदर्शनीः नयाँ नयाँ आयाम


  • लुम्बिनी रिभ्यू

बुटवल।
रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा शुरु भएको १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा चिसोका बाबजुत अवलोककर्ताको भीड बढेको छ ।

अवलोकनकर्ताको भीड बढेको गेट टिकट उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिनुभयो । बुटवल मण्डपमा निमार्णाधीन अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा शुरु भएको प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादनका ५ सय वटा स्टलहरु रहेका छन् । त्यसैगरी बनेका स्टलहरुलाई विभिन्न विधाका १० वटा पेभिलियनहरु निर्माण गरिएको छ । प्रदर्शनीमा ३९ जिल्लाबाट सहभागिता रहेको छ । शनिबार पहिलो बिदा हुने अवलोकनकर्ता बढ्ने भएकाले सोही अनुसारको तयारी गरिएको छ । सहभागी अवलोकनकर्ताले स्वदेशी उत्पादन गरेका उद्योगमा विशेष चासोका साथ अध्ययन गरेको सदस्य सचिव सुमन बस्यालले जानकारी दिनुभयो ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ संचालन हुने १६औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ मा ८ लाख दर्शकले अवलोकन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको प्रर्दशनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो । प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त आधुनिक गायक गायिका, हाँस्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालयस्तरीय लोकनृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, भजन प्रतियोगिता लगायतका प्रतियोगिताहरु सांस्कृतिक उपसमिति संयोजक लालप्रसाद बस्यालले जानकारी दिनुभयो ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदानप्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने सचिव तथा परिचय पत्र उपसमिति संयोजक अशोक कुँवरले जानकारी दिनुभयो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, उद्योग प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरीकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टल रहेकोे प्रचार प्रसार संयोजक किरण खरेलले जानकारी दिनुभएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीद्वारा जारी समाचारमा जनाइएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend