• Saturday 25th July 2026

एमाले सचिवालय बैठक: समानुपातिक उम्मेदवारबारे छलफल

एमाले सचिवालय बैठक: समानुपातिक उम्मेदवारबारे छलफल


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नेकपा एमालेकाे सचिवालय बैठकमा समानुपातिक उम्मेदवारबारे छलफल भएको छ। ११ औँ महाधिवेशनपछि पहिलो पटक बसेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेकाे हो।

बैठकमा समानुपातिकका उम्मेदवारबारे छलफलसंगै समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको तयारीलगायतको विषयमा पनि छलफल भएकाे छ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेकाले आज एमालेले उम्मेदवारको टुंगो लगाउन लागेको हो।

जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीहरूको नाम संकलन गरेर अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन्।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend