काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गरेको छ ।
सूचीमा उपाध्यक्ष रामवहादुर थापा बादल,सचिव पद्मा अर्यालदेखि जेनजी पुस्तकी निताता घतानीसम्म छन् । सूचीमा नयाँबाट क्रान्ति बुर्लाकोटी,भूमिका सुब्बालगायत परेका छन् ।
लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल,स्थायी कमिटीका पूर्व सदस्य गोरखवहादुर बोगटी पनि सूचीमा छन् ।
त्यस्तै पूराना नेताबाट रामेछापका राजकुमार श्रेष्ठ पनि समेटिएका छन् भने टुका हमाल, निरु पाल, कोमल ओली, शान्ता चौधरी, अनिता कन्दङ्वा पनि बन्दसूचीमा छन् ।
पिछडिएको क्षेत्रबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावललगायत गरी आठ जना प्रतिनिधित्वमा परेका छन् । अपाङ्गता भएका समुदायबाट स्यांजाका रामबहादुर थापा र यसुदा बराल परेका छन् ।
दलितबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, जितु गौतमलगायत छन् भने अल्पसंख्इकका रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायत छन् ।
कतिपय नामहरु सच्याउनुपर्ने र क्लस्टर मिलाउनुपर्ने भएकाले सबै सूची गोप्य राखिएको एमाले श्राेतकाे भनाइ छ ।

लुम्बिनी रिभ्यू