• Saturday 25th July 2026

अन्ततः  रवि , बालेन र कुलमान एकै ठाउँमा, हेर्नाेस के के भयाे सहमति ? सहमति लगत्तै के लेखे बालेनले ?

अन्ततः  रवि , बालेन र कुलमान एकै ठाउँमा, हेर्नाेस के के भयाे सहमति ? सहमति लगत्तै के लेखे बालेनले ?


  • लुम्बिनी रिभ्यू

काठमाडाै । लामाे रस्साकसीपछि अन्ततः  रवि लामिछाने,  बालेन शाह र कुलमान घिसिङ एकै ठाउँमा उभिएका छन् ।  जस अनुसार कुलमान घिसिङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बनाउने सहमति भएको छ।

सोमबार कुलमान र रविबीच भएको भेटवार्तापछि दुवै एउटै दलबाट समानुपातिक तर्फको बन्द सूची बुझाएर अघि बढ्न सहमत भएका हुन्।

यसअघि नै  बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति यसअघि नै भइसकेको छ। बालेन र रविबीच आइतबार उक्त सहमति हुँदा कुलमान त्यसमा सहभागी थिएनन्।

त्यसयता उनीहरू दुई जनाले पटक पटक कुलमानसँग वार्ता गरी सहमतिमा पुगेका हुन्।  रास्वपाका उपसभापति डिपी अर्यालले तीन जना मिलेर जाने सहमति भएको जानकारी दिए।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आइतबार भएको सहमतिमा छुटेका कुलमान घिसिङलाई पनि त्यसमा सहभागी जेनजी अभियानीहरूले सहजीकरण गरिरहेका थिए। सुदन गुरूङ लगायतका केही जेनजी अभियानीले  घिसिङलाई वार्ता गराउन लगेका थिए।

हेर्नाेस के के भयाे सहमति ? सहमति लगत्तै के लेखे बालेनले ?

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend