• Saturday 25th July 2026

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन


  • लुम्बिनी रिभ्यू

काठमाडौं – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरुको मनोनयन हुँदै छ । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ ।

आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन गने लागेको हो ।

आयोगले पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । मंगलबार मतदाता नामावलीमा कुनै दाबीविरोध भए,नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ ।

आयोगका अनुसार यही पुस २४ गते उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उमेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवं उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend