• Saturday 25th July 2026

गगन थापा र विश्वप्रकाश शर्मासहितलाई देउवा पक्षद्वारा कार्वाही

गगन थापा र विश्वप्रकाश शर्मासहितलाई देउवा पक्षद्वारा कार्वाही


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । शेरबहादुर देउवा पक्ष केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनमा सहभागी भएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरसहितलाई ५ वर्ष पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गरेको छ ।

आज बसेको संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले भृकुटीमण्डपमा विशेष महाधिवेशनमा सहभागी भएका उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको हो ।

विशेष महाधिवेशनले सभापतिमा गगन थापा र दुई महामन्त्रीमा विश्वप्रकाश शर्मा र प्रदीप पौडेलसहित नयाँ पदाधिकारी चयनको प्रक्रिया अगाडि बढाएको छ ।

योसँगै नेपाली कांग्रेस औपचारिक रुपमा विभाजनतर्फ अघि बढेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend